पोखरा महानगरपालिकाले पनि सार्वजनिक शौचालयका लागि निजी क्षेत्रसँग सम्झौता गर्ने

सञ्जय रानाभाट २०७९ जेठ २७ गते १४:२८

सञ्जय रानाभाट

पोखरा ।
पोखरा महानगरपालिकाले शार्वजनिक शौचालयका लागि निजी निजीक्षेत्रसँग सम्झौता गर्ने भएको छ । महानगरपालिकाको बिहीबार बसेको पहिलो कार्यपालिका बैठकले पोखरामा रहेका बैंक, होटल, रेष्टुरेष्ट तथा व्यापारिक महलका शौचालय सर्वसाधरणका लागि निशुल्क खुला गर्न निजी क्षेत्रसँग सम्झौता गर्ने निर्णय गरेको महानगरका प्रमुख प्रशासकिय प्रमुख बलराज रिजायले बताए ।


‘कार्यपालिका बैंठकमा धेरै प्रस्तावहरु प्रस्तुत भएका थिए । यसमध्ये निजी क्षेत्रसँग सार्वजनिक शौचालय प्रयोग गर्न महानगरले सम्झौता गर्ने निर्णय गरेको छ,’ बरालले भने ।

Advertisement


यसअगाडि काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैंठकले पनि निजी क्षेत्रले सञ्चालन गर्दै आएका होटल, रेष्टुरेष्ट, बैंंक, व्यापारिक महलसँग शर्वसाधरणका लागि शौचालय निशुल्क खुला गर्ने निर्णय गरेको थियो ।

महानगरले सम्झौता भएका शौचालय बाहिर देखिन मिल्ने बोर्ड टाँसेको छ । बिहीबार बसेको कार्यपालिकाले गरेको निर्णय मध्ये पोखरा महानगरको ल्यान्डफिल साइट वडानम्बर ३३ मा सार्ने निर्णय गरेको साथै यसका लागि बजेट व्यवस्था गर्ने निर्णय गरेको सहभागि एक वडाध्यक्षले बताए ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया