गण्डकी प्रदेश सरकारको अन्तिम बजेट ३५ अर्ब ९० करोड ९० लाख (पूर्णपाठ)

सञ्जय रानाभाट २०७९ असार १ गते १८:२९

पोखरा ।
गण्डकी प्रदेश सरकारले आगमी वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गरेको छ ।


प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले ‘जिवन’ले आर्थिक वर्षका लागि ३६ अर्ब नजिककोे बजेट ल्याएका हुन् । चालु आर्थिक वर्षको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ३० अर्ब ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थिए । मन्त्री बरालले कुल बजेटको चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पूँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख विनियोजन गरेका हुन् ।


चालु आर्थिक वर्षका लागि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ३० अबि ५ करोड ६७ लाख रुपैयाँ विनियोजन गरेका थिए । वैशाख मसान्त सम्म ११ अबि ४८ करोड ६ लाख ४४ हजार रुपैयाँ अर्थात विनियोजनको ३८ दशमलब २ प्रतिशत खर्च भएको छ । अर्थ मन्त्री बरालले चालु आर्थिक वर्षमा वैशाख मसान्तसम्मको खर्च स्थिति हेर्दा आर्थिक वर्षको अन्त्यसम्म विनियोजनको ७५ प्रतिशत खर्च हुने संशोधित अनुमान गरेको छ ।

Advertisement


अर्थ मन्त्री बरालले वित्तिय व्यवस्था तर्फ ५० करोड विनियोजन गरेका हुन् । यसमा स्थानीय सरकार तहलाई २ अर्ब ११ करोड १० लाख छुट्याइएको छ । सरकारले आन्तरिक राजस्व बाट ५ अर्ब ९ करोड उठाउने लक्ष्य लिएको छ । संघ सरकारले वित्तिय समानीकरणबाट ७ अर्ब ९२ करोड ७९ लाख अनुदान, राजस्व बाँडफाँट ९ अर्ब २३ करोड, ससर्त ६ अर्ब ९१ करोड ८३ लाख, समपूरक अनुदान ८३ करोड ७० लाख र विशेष अनुदान ८६ करोड समावेश गरेको अर्थ मन्त्री बरालले बताए ।


रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको मन्त्री बरालले जानकारी दिए । आर्थिक वर्षमा प्रदेश सरकारले १ अर्ब आन्तरिक ऋण र १ अर्ब केन्द्र सरकारबाट ऋण लिने मन्त्री बरालले बताए । चालु आर्थिक वर्षमा २ अर्ब ७१ करोड नगद मौज्दात बाँकी रहने र अपुग २ अर्ब ऋण लिइने उनले जानकारी दिए । जेठ २४ गते प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ल्याएको बहुमतले पारित भइसकेको छ । चालु आर्थिक वर्षमा खर्च हुन नसकेको बजेट आन्तिरिक स्रोत साथै आन्तरिक ऋण बढाएर सरकारले बजेटको आकार बढाएको हो ।

Advertisement


सरकारले सवारी साधन करमार्फत आउने ७२ करोड प्रदेशका स्थानीय विनियोजन गरेको छ । सरकारले कृषि उत्पादनलाई प्राथमिकता दिएको छ । मकैको बिउ उत्पादनका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको अर्थ मन्त्री बरालले बताए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया