‘हिमालयको उत्पत्ति’ पुस्तक बजारमा

पोखरा ।
विक्रम श्रेष्ठद्वारा लिखित पुस्तक ‘हिमालयको उत्पत्तिः सागरदेखि सगरमाथासम्म’ बजारमा आएको छ । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रद्वारा प्रकाशित सो पुस्तक बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले विमोचन गरे ।
पुस्तकमा टेथिस सागरबाट सगरमाथा बन्दाको विकासक्रम, पृथ्वीको भूगर्भमा हुने विभिन्न गतिविधि, भूकम्प जानुको वैज्ञानिक कारण आदि विषयलाई सरल र सरस नेपाली भाषामा प्रस्तुत छ ।
कार्यक्रममा बोल्ने वक्ताले यो पुस्तक पुरातत्व एवं भूगर्भशास्त्रसम्बन्धी विषय नेपाली भाषामा पढ्न चाहनेका लागि अभूतपूर्व रहेको सुनाए । भूगर्भशास्त्र एवं पुरातत्वमा स्नातकोत्तर श्रेष्ठद्वारा लिखित सो पुस्तक यसबारेमा जान्न खोज्ने गैरविद्यार्थीका लागि समेत सहायकसिद्ध हुने बताए । उपकुलपति एवं संस्कृतिविद् डा गुरुङले हिमालयको उत्पत्तिसम्बन्धी बृहद् विषयलाई सरल नेपाली भाषामा लेख्ने सर्जक विक्रम श्रेष्ठ एवं प्रकाशक संस्था संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रप्रति आभार व्यक्त गरे ।
उनले जीवको उत्पत्ति हिमालयबाट भएका विभिन्न प्रमाण, धर्मशास्त्रमा हिमालयलाई पवित्र भूमिको रुपमा गरेको चित्रण आदि प्रसंग उठाउँदै हिमालय एउटा हिउँको पहाडमात्रै नभएर सिंगो संस्कृतिको आधारविन्दु रहेको बताए । उनले अध्ययन केन्द्रलाई आगामी दिनमा थप उल्लेखनीय काम गर्न शुभकामना दिए । त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा सोमप्रसाद खतिवडाले श्रेष्ठको पुस्तक नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विषयका विद्यार्थीका लागि उपयुक्त रहेको उल्लेख गरे ।
त्रिवि पुरातत्व केन्द्रीय विभागका विभागीय पूर्वप्रमुख प्राडा मदनकुमार रिमालले पुरातत्व अध्ययन केन्द्रले यति महत्वपूर्ण पुस्तक प्रकाशन गरेकोमा बधाई दिए । विगत २ वर्षअघि स्थापना भएर विभिन्न अध्ययन अनुसन्धानमा सक्रिय अध्ययन केन्द्र विभिन्न स्थानीय तहमा रहेका पुरातात्विक महत्वका स्थलको अध्ययन एवं अन्वेषणमा सक्रिय छ । यसले नयाँ विद्यार्थी एवं अध्येतालाई संस्कृति एवं पुरातत्वसम्बन्धी अध्ययन अनुसन्धानमा प्रेरित गर्ने एवं अनुसन्धानको अवसर दिने कामसमेत गर्दै आएको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया