लायन्स क्लव अफ सेभन लेकसिटीले स्थापना दिवस मनायो

समाधान संवाददाता २०७९ असार ६ गते १८:०२

लेखनाथ ।
लायन्स क्लव अफ सेभन लेकसिटीले आठौं स्थापना दिवस मनाएको छ । क्लवले स्थापना दिवसको अवसरमा सस्थापक सदस्यहरु र आगामी वर्षका लागि चयन भएका पदाधिकारीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै लायन्स क्लव आईका भिडीसी विनोद ढुगानाले लायन्स क्लवले हामी सेवा गछौं भन्ने शिध्यान्तलाई आत्मसाथ गर्दै समाजिक क्षेत्रमा लाग्नु पर्ने सुझाव राख्दै लायन्स क्लवको अभियानलाई ग्रामिण तहसम्म पुर्‍याउनु पर्ने धारणा राखेका थिए ।
सोही अवसरमा डिष्ट्रक ट्रेजरी सुर्यनारायण वरालले स्थापकले देखाएको वाटोलाई अनुसरण गर्दै पुराना सदस्यलाई सन्मान र नयाँ सदस्यहरुलाई लायन्स क्लवका नितीगत शिध्यान्तहरुका वारेमा सिकाउनु पर्ने सुझाव राखेका थिए ।

कार्यक्रममा लायन्स क्लवका एडमिनिष्टर शैलेन्द्र मोहन भटराईले लायन्स क्लवले युवाहरुलाई लियो क्लवमा समावेस गरि लायन्स सदस्य बृद्धि तर्फ अग्रसर हुनु पर्ने विचार राखेका थिए । लायन्स क्लव अफ सेभन लेकसिटीका अध्यक्ष बद्रिनाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष शिवप्रसाद भण्डारी,पढाऔं अभियानका चिफ गणेश ढुगाना,लियो क्लवका डिष्ट्रक भाइस प्रिसिडेण्ट राजनबावु ढुगाना लगाएतले क्लवको स्थापना काल देखि अहिलेसम्म गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

Advertisement

क्लवका निर्वतमान अध्यक्ष सुर्यप्रसाद ढुगानाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष गोविन्द लामिछानेले गरेका थिए ।

लेखनाथ सामुदायीक सेवा केन्द्रको बधाई तथा सम्मान
लेखनाथ सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

Advertisement

केन्द्रले हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा साविक लेखनाथका वडाहरुबाट निर्वाचित वडाअध्यक्ष एवं सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २७ का अध्यक्ष पुर्ण कुमार गुरुङ्गले केन्द्रले लागुपर्दाथ दुव्यर्सनी लगायत सामाजिक विकृती र विसंगतीको रोकथामका लागि खेलेको भुमिकाको प्रशंसा गर्दै नवनिर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरुलाई विसंगती विकृति अन्त्यको लागी जनचेतनामुलक कार्यक्रमहरुको लागि वजेट छुट्याउन अनुरोध गरेका थिए ।

वडाध्यक्ष गुरुङ्गले पोखरामा तयारी अवस्थामा रहेको अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउनको लागि ल्याण्डफिल साईटको सार्ने काम बाँकी रहेको र यसको व्यवस्थापनको लागि नयाँ प्रस्ताव गरिएको ठाउँ पोखरा ३३ मा पर्ने भएकाले उक्त वडाका जनप्रतिनिधिहरुलाई सकारात्मक भुमिका खेल्न आग्रह गरे ।

यस्तै ईलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख महेन्द्र मरासिनिले जन निर्वाचित पदाधिकारीहरु, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी विच एक आपसमा अन्र्तसम्बन्ध भएकाले विभिन्न सामाजिक काम, विकास निर्माणका काम र सुरक्षाको प्रत्याभुति कायम गर्ने विषयमा हातेमालो गरेर अगाडी वढ्नुपर्ने वताएका थिए ।

उनले ईलाका प्रहरी कार्यालयको स्तर वृद्धिको लागी हाल कायम रहेको डिएसपीको अस्थायी दरबन्दीलाई स्थायी रुपमा ल्याउनको लागी सामाजीक स्तरबाट पहल गर्न पनि आग्रह गरेका थिए । कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य भिमकुमारी पुन, सामुदायिक सेवा केन्द्रका सल्लाहकार विष्णु पुन, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा लगायतले बोलेका थिए ।

उक्त अवसरमा केन्द्रको हाल निर्माणको क्रममा रहेको भवनको लागी माया सापकोटाले २७ हजार, संस्थाकी कोषाध्यक्ष गंगा कुमारी खनालले २५ हजार ५ सय, कार्यसमिति सदस्य राजु अधिकारीले १५ हजार ५ सय, मिना श्रेष्ठले १० हजार, बुद्धिमाया रिजालले १० हजार सहयोग प्रदान गरेका थिए । संस्थाका अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष एल.पि. ढुंगानाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण अधिकारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया