पोखरामा नेपाल लाइफको १८ करोडको घरजग्गा

समाधान संवाददाता २०७९ असार ७ गते १२:४६

पाेखरा ।
नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा १८ करोड ११ लाख २५ हजार रुपैयाँ लागतमा पोखरामा घरजग्गा खरिद गरेको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई जग्गा खरिद गरिएको बारे जानकारी गराएको हो । कम्पनीको गत चैत ७ मा बसेको सञ्चालक समितिको बैठकले घर जग्गा किन्ने निर्णय गरेको थियो ।

पोखरा महानगरपालिकाको न्यूरोडमा रहेको बालमुकुन्द तुलाचनको नाममा रहेको २ वटा घरसहित २९९ वर्गमिटरको जग्गा सो मूल्यमा खरीद भएको कम्पनीले जनाएको छ । यो घरजग्गा कम्पनीको व्यावसायिक र कार्यालय प्रयोजनमा प्रयोग गर्ने समेत कम्पनीको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया