प्रदेश विकास वैंक फोरममा शंकर

समाधान संवाददाता २०७९ असार ७ गते १३:०८

पोखरा ।
डेभलपमेन्ट बैंकर्स एसोसियसनको गण्डकी प्रदेश च्याप्टर अन्तर्गत गण्डकी प्रदेश विकास बैंक फोरमको सोमबार बसेको भेलाले मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसीलाई संयोजक चुनेको छ ।

संयोजक तथा गरिमा विकास वैंक पोखरा क्लसटर प्रमुख भोला तिवारीको केन्द्रीय कार्यालयमा सरुवा भएकाले रिक्त पदमा केसीलाई चयन गरिएको हो । कार्यक्रममा गरिमा विकास बैंकका नयाँ क्लसटर प्रमुख भक्तबहादुर केसीलाई स्वागत गर्दै कार्यसमिति सदस्यमा चयन गर्ने निर्णय भएको छ ।

नवनियुक्त संयोजक केसीले सामूहिक रुपमा विकास बैंकका समस्या, अवसर र चुनौतीको सामना गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । भेला विकास वैंक फोरमका कार्यवाहक संयोजक सुशील पौडेलको संयोजकत्वमा भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया