फेवा सहकारीमा अभिमुखीकरण

समाधान संवाददाता २०७९ असार ७ गते १३:१८

पोखरा ।
फेवा बचत तथा ऋण सहकारी संस्थाको भद्रकाली सेवा केन्द्रसँग आबद्ध शेयर सदस्यहरू सहभागी गराई सहकारी शिक्षा अभिमुखीकरण तालिमका साथ नब निर्वाचित वडा अध्यक्ष लगायत सदस्यहरूलाई बधाई तथा सम्मान गरी सम्पन्न भएको छ ।

सहकारी शिक्षा अभिमुखीकरण तालिम पोखरा महानगर पालिका वडा कार्यालय वडा नम्बर १३ का वडा अध्यक्ष किरण बरालको प्रमुख अतित्थ्यतामा शुभारम्भ गरिएको थियो । अभिमुखीकरण तालिममा फेवा सहकारीले आफ्ना शेयर सदस्यहरूलाई सहकारी भनेको के हो भन्ने जानकारी गराउने उद्देश्य थियो । त्यस अवसरमा वडाध्यक्ष बरालले भद्रकाली सेवा केन्द्रमा आबद्ध सदस्यहरूलाई सहकारी दिएको शिक्षाको प्रगति र उन्नतिको कामना गरे ।

वडा नम्बर १३ मा सेवा केन्द्र सञ्चालन गरेकोमा आफूले हरेक समयमा सहयोग गर्ने वडाध्यक्ष बरालले बताए । उक्त सहकारी शिक्षा अभिमुखीकरण कार्यक्रममा वडा न १३ का वडा अध्यक्ष किरण बराल, वडा नम्बर २३ का वडा अध्यक्ष एवं फेवा सहकारी कार्य समिति सदस्य रामकाजी गुरूङ, वडा न १३ का महिला वडा सदस्य सूचित तामाङ, दलित महिला सदस्य रचना परियार, वडा सदस्य सरिफ अली मिया, बलबहादुर बराल र वडा नम्बर १ का वडा सदस्य एवं सहकारीका शेयर सदस्य राम्जीप्रसाद पौडेललाई दोसल्ल, माला, टीका र बुकीद्वारा अध्यक्ष क्या चन्द्रप्रसाद गुरुङ, उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेलले वडा विकासमा पूर्ण सफलताको कामना गरे ।

Advertisement

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अनुगमन अधिकृत एवं प्रमुख प्रशिक्षक सूर्यप्रसाद तिमल्सिनाले प्रशिक्षण दिएका छन् । कार्यक्रममा फेवा बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेलले फेवा को स्थापनादेखि आजसम्मको वित्तीय कारोबार बारे बताए । २७ जनाबाट ४७ हजार ५ सयबाट सञ्चालित सहकारीमा हाल १ अर्ब २२ करोड १७ लाखको कारोबार रहेको उनले सुनाए । उक्त सहकारीमा सिर्जनाचोक सेवा केन्द्र र भद्रकाली सेवा केन्द्र सञ्चालनमा ल्याइएको जानकारी उनले दिए ।

वडा नम्बर २३ का वडा अध्यक्ष एवं सहकारी का संचालक समिति सदस्य रामकाजी गुरूङ, बाँझापाटन तमु समाजका अध्यक्ष सु. कृष्णबहादुर गुरुङ, याङ्जाकोट तमु समाजका अध्यक्ष सु. चन्द्रबहादुर गुरुङ, टावर मार्ग आमा समूह का अध्यक्ष नन्दमाया पौडेल लगायतले सहकारीको प्रगतिको कामना गरे ।

Advertisement

भद्रकाली सेवा केन्द्रका संयोजक क्या. श्यामबहादुर गुरुङले स्वागत गरेको कार्यक्रम फेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङको सभापतित्वमा भएको थियो । कार्यक्रमको भद्रकाली सेवा केन्द्रका सञ्चालक श्याम गुरुङले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया