निजामती कर्मचारी संगठनमा अशोक

समाधान संवाददाता २०७९ असार ७ गते १३:४८

पोखरा ।
संघीय संरचना गएसँगै नेपाल निजामती कर्मचारी संगठनले समेत प्रदेश स्तरको संरचना बनाएको छ । सोही क्रममा संगठनको गण्डकी प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशन भएको छ । अधिवेशनबाट अध्यक्ष अशोक खनालको नेतृत्वमा सर्वसम्मत रुपमा २९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

कार्यसमितिको उपाध्यक्षमा शारदा खड्का, रामप्रसाद उपाध्याय र डोलराज पराजुली, महासचिव रामचन्द्र पहारी, सचिवमा पुष्प खनाल, हुमनाथ पौडेल र मधु बराल र कोषाध्यक्ष आजाद पौडेल छन् । कार्यसमिति सदस्यमा गीता मिजार, सिर्जनाकुमारी लामिछाने, राधाकुमारी शर्मा, सरस्वतीदेवी शर्मा, निर्मला पौडेल, बिराज विश्वकर्मा, पूर्णबहादुर श्रेष्ठ र धनबहादुर कुँवर रहेको महासचिव रामचन्द्र पहारीले जानकारी दिए ।

कार्यसमितिको सदस्यमा लक्ष्मी बानियाँ, सुनील थापा, टेकनारायण शर्मा, राजेश्वर सिलवाल, लीलाधर अधिकारी, भुवन दाहाल, विष्णुप्रसाद ढकाल, गौरवदास वैरागी, सागर सुवेदी, कृष्णप्रसाद पनेरु, अम्बिकाप्रसाद गौतम र तिलक आचार्य छन् ।
संगठन गण्डकी अध्यक्ष अशोक खनालले राष्ट्रसेवक कर्मचारीको कर्मचारीको सेवा, सुविधा र सेवाको सुरक्षा भएमा आम जनताको सेवा प्राप्त गर्ने अधिकार स्थापित हुन प्रतिक्रिया दिए । उनले सेवाग्राही जनता र संगठनको सम्बन्ध सुधारका लागि स्वास्थ्य शिविर र जनताका सम्बन्धलाई शून्यमा झार्ने रणनीति अपनाएको जानकारी दिए ।

Advertisement

संगठनका गण्डकी प्रदेश महासचिव रामचन्द्र पहारीले भ्रष्टाचारमा शून्य सहनशीलता जस्ता कार्य योजना बनाई समग्र सार्वजनिक सेवालाई जनमैत्री, सरल र गुनासो रहित बनाउन संगठन प्रयासरत भएको बताए । ‘क्षतिपूर्तिसहितको सार्वजनिक सेवा प्रवाह गर्ने योजनाको साथ अगाडि बढेको संगठनले एक दिन तलब बराबरको ग्रेड, निजामति अस्पतालको स्थापना, असाहय र कडा रोग लागेमा ५ लाखको उपचार खर्च सावधिक जीवन बीमाको योजना ल्याएको छ,’ महासचिव पहारीले भने, ‘निजामति आवास र आवासीय विद्यालयको स्थापना, सदस्यतासँगै बिमा योजना, संगठनको सहिद स्मृति भवन निर्माण जस्ता महत्वपूर्ण उपलब्धि हासिल भएका भएका छन् ।’

उनले आधिकारिक ट्रेड युनियनको निर्वाचन भएपश्चात ट्रेड युनियन आन्दोलनलाई व्यवस्थित गर्दै संगठनअघि बढेको बताए । ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने नाराका साथ संगठनको अधिवेशन भएको हो । अधिवेशनमा सहिद झपेन्द्र कार्कीका छोरा दीपकजंग कार्की, सेवा निवृत नेपाल निजामति कर्मचारी संगठनका अगुवाहरु खेमलाल अधिकारी ध्रुवसिंह खड्का, वैकुण्ठनाथ आचार्य र दुर्याेधन गिरीलाई सम्मान गरियो ।

Advertisement

तपाईको प्रतिक्रिया