पोखरा लेडी जेसीज ३४ वर्षमा

समाधान संवाददाता २०७९ असार ७ गते १३:५८

पोखरा ।
पोखरा लेडी जेसीज ३४ औं वर्षमा प्रवेश गरेको छ । जेसीजले पोखरामा एक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सामाजिक क्षेत्रमा जेसीज लगायतका संस्थाले पुर्‍याउँदै आएको भूमिकाको प्रशंसा गरे । उनले आगामी दिनमा सार्वजनिक महत्वका कार्यक्रममा पोखरा लेडी जेसीजसँग सहकार्य र सहयोगका लागि आफू र आफ्नो वडा सधै तयार रहने प्रतिवद्धता गरे ।

कार्यक्रममा पोखरा जेसीजका पूर्व अध्यक्ष एवं नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय कानुनी सल्लाहकार गोविन्द देवकोटा, पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष गीता सिग्देल, जेसिआइ सिनेटर प्रमिला सुवेदी, सुनयना पालिखे, लेखनाथ जेसीज वर्ष २०२२ का अध्यक्ष सुजन न्यौपाने, पोखरा जेसीज वर्ष २०२२ का अध्यक्ष मीनराज खड्का, उपाध्यक्ष सरु थापा, सचिव प्रमिला सुवेदी, सकुन पौडेल लगायतले बोलेका थिए ।

Advertisement

संस्थाका निवर्तमान अध्यक्ष कमला शर्मा (विनिता) को अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया