
पोखरा ।
र्यापर आशीष राना उर्फ ‘लाउरे’ कास्की प्रहरीले चलाएको लागुऔषध विरुद्ध सप्ताहव्यापी कार्यक्रममा सहभागी छन् । गत पुस १४ मा उनी लागु औषध प्रयोगकर्ता भएको आरोपमा पक्राउ परेका थिए । प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले लाउरे प्रहरी नियन्त्रणमा आएदेखि नै सकारात्मक रुपमा प्रस्तुत भएको बताए ।
‘लाउरे सेलिब्रेटि जस्तो मान्छे, उनी भोलि समाजमा फर्केर पुन कुलतमा फसे भने हाम्रो गिरफ्तारीले अर्थ राख्दैन,’ उनले भने । लाहुरे ५६ दिनको हिरासतबाट छुटेको केही महिनापछि अभियानका लागि प्रहरी सम्पर्कमा आएका थिए । प्रहरीले ‘नो ड्रग’ भन्नुभन्दा ख्याति प्राप्त कलाकारले लागुऔषध विरुद्ध बोल्नुमा निकै प्रभावकारी हुने तिवारी बताउँछन् । यस्ता कार्यक्रमले नयाँ पुस्तालाई कुलतबाट बचाउन र हाल कुलतमा रहेका त्यसबाट मुक्त गर्न सघाउने उनको भनाइ छ ।
पोखराको मानव अधिकार चोकमा आइतबार साँझ लागुऔषध दुव्र्यसनमा परी ज्यान घुमाउनेहरुको स्मृतिमा दीप प्रज्वलन गरियो । शनिबार लाउरेले आफ्नो फेसबुक पेजमार्फत ‘बिरामी’ नामक गितको टिजर रिलिज गरेका छन् । गीत इडिटिङ भइरहेको र हप्ता दिनभित्रै आफ्नो युटुब च्यानलमार्फत सार्वजनिक गर्ने उनले समाधानलाई जानकारी दिए । लाउरेले यो गीत हिरासतमा रहँदा नै लेखेको डिएसपी तिवारीले जनाए ।







पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया