वन विज्ञानमा वृक्षरोपण

समाधान संवाददाता २०७९ असार २४ गते ११:१०

पोखरा ।
पूर्व विद्यार्थी मञ्च नर्सिङ क्याम्पस पोखराले क्याम्पस परिसरमा वृक्षरोपण गरेको छ । त्रिवि दिवसको अवसरमा भएको कार्यक्रममा कागती, गुलमोहर, अम्बा, तेजपत्ता, अकोशा, अमला लगायतका करिब २ सय बिरुवा रोपिएको छ । पूर्व विद्यार्थी मञ्च अध्यक्ष निलम महार्जनको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राडा कल्पना पौडेल, नर्सिङ क्याम्पस पोखराका प्रशासन प्रमुख प्रजापति पराजुली, मञ्चका सदस्य अञ्जु पौडेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया