बुवाआमाको नाममा छुट्याइएको बजेट हटाउन शिक्षामन्त्री श्रेष्ठको आग्रह

पोखरा ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आफ्नो बुवाआमाको नाममा दर्ता रहेको ट्रष्टको लागि छुट्याइएको बजेट हटाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।
मन्त्री श्रेष्ठले आइतवार विहान सामाजिक सञ्जालमार्फत उक्त शीर्षकमा आएको बजेट हटाउन अर्थमन्त्री रामजीप्रसाद बराललाई आग्रह गरेका छन् । ‘यो शिर्षकको बजेट आगामी वर्षको वजेट वाट हटाई स्रोत व्यवस्थापन गर्न नपर्ने म अर्थ मन्त्री ज्यूलाई अनुरोध गर्दछ, मैले अब यो शिर्षकको बजेट फिर्ता लिने प्रतिवद्धता समेत गर्दछु । यो फिर्ता भएको बजेट असाहाय ज्येष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग होस भन्ने चाहना गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
जेष्ठ नागरिक सम्मान र महिला सशक्तीकरण गर्दै असाहायहरुको हितमा काम गर्ने, विद्यार्थीलाई सहयोग, असाहाय र गरिव रोग र भोकमा रहेका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यका साथ ट्रष्टको स्थापना गरिएको उनले बताए ।
गण्डकी प्रदेश सरकारले मन्त्री श्रेष्ठका स्वर्गीय बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा स्थापना गरिएको ट्रष्टका लागि करिब १ करोड बजेट विनियोजन गरेको थियो । जसको आलोचना हुँदै आइरहेको थियो ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्








एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया