होमको पहलले ५ बेसहारा बालबालिकाले शिक्षाको उज्यालो ज्योती लिन पाए

समाधान संवाददाता २०७९ असार २७ गते १४:१५

पोखरा ।

अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक फुलिबाङ निवासी शंखलाल विक अपांग छन् । २ छोरा र १ छोरीलाई छोडेर एकजना इन्डियनसँग श्रीमतीले दोश्रो बिहे गरिन् ।

आमाले चटक्कै छाडेर गएपछि ति बालबच्चाको बिचल्ली भयो । भएका बाबुले चाहेर पनि केही गर्न सक्ने अवस्था थिएन । छोरा र नातिनातिना स्याहार्ने जिम्मेवारी प्रेसरकी रोगी बुढी हजुरआमाको थाप्लोमा पर्यो । उनैको सहारामा हुर्किदै गए बालबच्चा । केहि महिना अघि फुलीबाङ्ग निवासी समाजवादीका पार्टी जिल्ला कमिटी सदस्य चक्र बिक र सचिव होम नेपाली पार्टीकै कामले फुलिबाङ्ग पुगेका थिए ।

Advertisement

‘भेलामा स्थानीय बासीले आ आफ्ना कथा ब्यथा सुनाए । गाउँको काम सकाएर उनीहरु फर्के । तर, पढ्न नपाएका ति कलिला बालबच्चा मेरो मानसपटलमा ति बच्चाहरु घुमिरहे । नभन्दै दुनियाँमा असम्भव भन्ने कुरा केहि छैन भन्ने उक्ति सुनेको थिएँ नभन्दै श्री नेपाल एड्भान्समेन्ट विदेशी संस्थाले खाना बस्न लत्ताकपडा सहित कास्की अन्नपूर्ण गाउपालिकामा रहेको मर्निङ्ग स्टार बोर्डिङ स्कुलमा कक्षा १२ सम्म निशुल्क पढाई दिने फरासिलो स्वभावकी धनि सो सस्थाकी प्रमुख सिरु श्रेष्ठले हामीलाई बचन दिनुभयो,’ नेपालीले भने ।

फुलिबाङ्गका तिन बालबालिकाले पढ्न पाउने भए । अन्नपूर्ण गाउँपालिकाकै नयाँपुलमा आमाले दोश्रो बिहे गरी छोरा छोरीलाई बेसहारा बनाइन्न । बाबु गुमाएका आमाले पनि छाडेर गएपछि अबोध बालिका आफन्तको सहारा दिएर राखेका थिए । ‘ति नानी बाबुहरु बैशाखको पहिलो हप्ताबाट तह अनुसारको कक्षामा अध्ययन गरीरहेका छन् । आज म र चक्र दाइ छुटेका काजपत्र लिएर जादा ति नानि बाबुहरु साथी भाइ सङ्ग खेलिरहेका थिए । हामीले त्यहाको प्रशासन सङ्ग भेट्नका लागी अनुमति माग्यौ र एउटा फोटो कैद गर्यौ सम्झनाका लागी, ’उनले भने, ‘ हामीले बैशाखको पहिलो हप्तामा छोडेर हिडन खोज्दा ति बुढि आमा र साना बच्चाहरु एक आपसमा रोइरहेका थिए उनिहरुको रुवाइले गर्दा हामीले हाम्रो मन पनि थाम्न सकेनौ ।’

Advertisement

१ महिना पछि उनिहरुलाई भेटदा निक्कै खुशि देखिन्थे । ‘हामीलाई हिड्ने बेलामा बाइ बाइ गरी गेट सम्म आएर बिदाइ गर्दाको क्षण निक्कै स्मरणीय रह्यो । खुशिले गदगद हुदै बिदाइ भएर पोखरा फर्कियौ।’ उनले भने ।

तपाईको प्रतिक्रिया