विश्वकप लिग २ क्रिकेट- नेपालकाे मध्यम सुरुवात, १० ओवरमा नामिवियाकाे १ विकेटमा ६२ रन

समाधान संवाददाता २०७९ असार २७ गते १६:३८

पाेखरा। विश्वकप लिग—२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले केही बेरमा नामिबियासँग खेल्दै छ।

टस जितेर ब्याटिङ राेजेकाे नामिवियाले राम्राे सुरुवात गरेकाे छ । नेपालका बलरले १ विकेट लिए पनि नामिवियाले पहिलाे १० ओवरकाे खेलमा ६२ रन बनाएकाे छ । खेल जारी छ ।

१६ खेलबाट १५ अंक भएको नेपाल ७ टोली सहभागी प्रतियोगितामा ५ औँ स्थानमा रहेको छ । नामिबियाको १४ खेलबाट १४ अंक छ। वसिर अहमदले नामिबियाविरुद्ध खेल्दै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् ।

Advertisement

तपाईको प्रतिक्रिया