सन्दिप लामिछानेलाई सफलता, नामिवियाकाे दाेश्राे विकेट झर्‌याे

समाधान संवाददाता २०७९ असार २७ गते १६:४५

पाेखरा। विश्वकप लिग—२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलाको खेलमा नेपालाई नामिविया विरुद्ध दाेश्राे सफलता मिलेकाे छ ।

सुरुवाती १० ‌ओभरमा आक्रामक ब्याटिङ गरेकेा नामिवियालाई नेपाली टिमका कप्तान लामिछानले ११ औं औ ओभवरमा झट्का दिएका छन् । उनले स्पेल सुरु गरेकेा पहिलाे ओभरकाे दाेश्राे बलमै विकेट लिएर नामिवियाकाे द्रुत रन गतिमा ब्रेक लगाएका छन् ।

टस जितेर ब्याटिङ राेजेकाे नामिवियाले राम्राे सुरुवात गरेकाे छ । नेपालका बलरले १ विकेट लिए पनि नामिवियाले पहिलाे १० ओवरकाे खेलमा ६२ रन बनाएकाे थियाे । खेल जारी छ ।

Advertisement

१६ खेलबाट १५ अंक भएको नेपाल ७ टोली सहभागी प्रतियोगितामा ५ औँ स्थानमा रहेको छ । नामिबियाको १४ खेलबाट १४ अंक छ। वसिर अहमदले नामिबियाविरुद्ध खेल्दै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् ।

Advertisement

तपाईको प्रतिक्रिया