डायमण्डमा माविमा कविता वाचन प्रतियोगिता

समाधान संवाददाता २०७९ असार २९ गते १६:५३

लेखनाथ ।
डायमण्ड माध्यमिक विद्यालयले २०९औं भानु जयन्ती तथा गुरू पूर्णिमामा मनाएको छ । विभिन्न तहमा अध्ययनरत विद्यार्थी विच चित्रकला, स्थलगत कविता लेखन तथा कविता वाचन कार्यक्रम मनाइएको हो । विद्यार्थी र गुरू विचको अन्तर सम्वन्ध तथा भानुजयन्तीको बारेमा आफ्नो धारणा राख्दै विद्यालयका निर्देशक माधवशरण उपाध्ययले विद्यार्थी र शिक्षक विच नङ र मासुको सम्वन्ध हुने र हरेक शतमार्ग निर्देशन गर्ने व्यक्ति हरेक को गुरू हुने धारण व्यक्त गरे ।

स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा आकृती पाण्डे प्रथम, समृद्धि खड्का द्वितीय र जमुना वास्तोला तृतीय स्थान प्राप्त गर्न सफल भए । कविता वाचन तर्फ प्रथम कृतिका गुरुङ, द्वितीय परिना गुरुङ र तृतीय स्थानमा उमा राना विजयी भएको विद्यालयका संयोजक विकाश लामिछानेले जानकारी दिए ।

विजयी विद्यार्थीहरु लाई पुरस्कार वितरण गर्दै विद्यालयका प्राचार्य यम बहादुर रोकाले भानुभक्तको बारेमा जानकारी तथा गुरू र विद्यार्थी विचको अन्तर सम्वन्धको बारे बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया