गण्डकीलाई भलिबलमा स्वर्ण

समाधान संवाददाता २०७९ असार ३१ गते १२:२७

पोखरा ।
गण्डकी प्रदेशको पुरुष छात्र टोलीले काठमाडौंमा सम्पन्न १२ औं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड भलिबलमा स्वर्ण पदक जितेको छ । बिहीबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ३–२ को सेटमा पाखा लगाउँदै गण्डकीले स्वर्ण जितेको हो । पहिलो सेट २५–११, दोस्रो सेट २५–१० ले आफ्नो पक्षमा पारेको गण्डकीले पाँचौं सेट पनि जितेको थियो । तेस्रो र चौथो सेट भने लुम्बिनीले जित्यो ।

गण्डकीले तेस्रो सेट २०–२५ र चौथो सेट २०–२५ ले गुमाउन पुग्यो । पाँचौ तथा अन्तिम सेटमा गण्डकीले लुम्बिनीलाई १५–१२ ले पाखा लगाउँदै स्वर्ण जित्यो । गण्डकीले राष्ट्रिय राष्ट्रपति रनिङ सिल्डमा पाँचौ स्वर्ण हात पारेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया