चिकित्सा शिक्षाको शुल्क बढ्यो

समाधान संवाददाता २०७९ साउन १ गते १०:५६

काठमाडौं ।
राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताए ।

स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका २ शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको हो । शैक्षिक सत्रको भन्दा यसपटक ३.६ प्रतिशत शुल्क वृद्धि गरिएको छ । स्नातक तहतर्फको कार्यक्रममा एमबिबिएस उपत्यकाभित्र ४१ लाख ६८ हजार ९०, एमबिबिएस उपत्यकाबाहिर ४५ हजार ९५ हजार ७ सय २०, बिडिएस २० लाख ९२ हजार २ सय ९०, बिएस्सी नर्सिङ १० लाख ३६ हजार शुल्क निर्धारण गरिएको छ ।

बिएस्सी एमआइटी, बिपिटी, बि. मेडिकल माइक्रोलोजी र बि. बायोक्यामेस्ट्री, बिपिएच, बिफार्मेसी, विपर टेक, बिएएसएलपी लगायतको शुल्क ७ लाख ७७ हजार तोकिएको छ । स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोजी र एमएस्सी मेडिकल बायोक्यामेस्ट्री, एमएस्सी एमआइटी, एमएस्सी एमएलटीको पनि ७ लाख ५७ हजार ८ सय ३० तोकिएको छ । स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको ३ लाख ४ हजार २ सय २० र डिएम/एमचिएचको २५ लाख ९० हजार शुल्क तोकिएको आयोगका उपसचिव शर्माले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया