इन्जिनियरको फुटसल

समाधान संवाददाता २०७९ साउन १ गते ११:४५

पोखरा ।
नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशले इन्जिनियर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फुटसल प्रतियोगिता आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो दिन विद्यालयमा शैक्षिक तथा स्वास्थ सामग्री वितरण गरेको एसोसिएसनले शनिबार इन्जिनियर समुदायबीचको भाइचारालाई प्रगाढ बनाउने हेतुले पोखरा रंगशालामा फुटसल प्रतियोगिता गरेको हो ।

एसोसिएसन गण्डकी प्रदेश सभापति बृजेन्द्र केसीले राष्ट्र निर्माणको मेरुदण्ड इन्जिनियरिङ समुदायबीच आपसी सदभाव, सहयोग तथा समन्वय हुनुपर्ने बताए । संघीय सडक कार्यालयका सहसचिव ललितजंग खनालले यस्ता किसिमका कार्यक्रमले इन्जिनियरको व्यक्तित्व प्रस्तुत गर्न सहयोग हुने विचार राखे ।

रमेश बास्तोलाले इन्जिनियरिङ समुदायमा पेसागत मर्यादा कायम हुनुपर्ने खाँचो औंल्याए । २३ टिम सम्मिलित खेलको उदघाटन खेल शुक्लागण्डकी नगरपालिका र आर्टेक इन्जिनियरिङ सेर्भिसेसबीच भएको छ । प्रथम चरणका खेल सकिएको र आइतबार प्रतियोगिता समापन हुने संयोजक हेमबहादुर गुरुङले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया