कालीगण्डकीले ९ खेलाडीलाई सम्मान गर्‍याे

समाधान संवाददाता २०७९ साउन १ गते १७:५४

स्याङ्जा ।
कालीगण्डकी गाउँपालिकाले राष्ट्रिय तथा प्रदेश स्तरमा छनौट भएका ९ जना खेलाडीलाई सम्मान गरेको छ । राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता २०७८ अन्तर्गत अन्डर—१९ , पुरुष तथा महिला भलिबल खेलाडीलाई सम्मान गरेको हो ।

राष्ट्रिय खेलाडीको रुपमा अविजित नेपाली, सोइङ थापा, सुजता राना र पुर्णिमा सोमई छनौट भएका हुन् । प्रदेश खेलाडीमा विकाश लामिछाने, श्रीष्मा सोमई, बन्दना लामिछाने, यमुना दर्लामी र बर्षा आले छनौट भएका छन् । राष्ट्रिय खेलाडीलाइ जनही सात हजार र प्रदेश स्तरका खेलाडीलाई जनही पाँच हजार नगद सहित सम्मान गरिएको शिक्षा शाखा संयोजक भिम प्रसाद श्रेष्ठले बताए ।

खेलाडीलाई सम्मान गर्ने संस्कार कालीगण्डकीले सुरुवात गरेको बताउँदै खेलकुद क्षेत्र व्यवसायिक बनाउनुपर्ने गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताए । नीति तथा कार्यक्रममा नै खेलकुद क्षेत्रलाई विकास गर्न चासो दिएको बताउँदै थापाले भने, ‘भलिवल मात्र नभई अन्य खेलाडीको पनि प्रतिभा उजागर गर्न पालिकाले विशेष कार्यक्रम ल्याउनेछ । कालीगण्डकीमा मार्सल आर्टका खेलाडीहरु लुकेका छन् । उनीहरुको पहिचान गर्छाैँ ।’

Advertisement

तपाईको प्रतिक्रिया