फिस्टेल एकेडेमीमा ओपन डे–टु

समाधान संवाददाता २०७९ साउन २ गते १२:१९

पोखरा ।
फिस्टेल एकेडेमीले शनिबार फिस्टेल ओपन डे टु कार्यक्रम आयोजना गरेको छ । कक्षा १२ को आयोजनामा भएको कार्यक्रममा विद्यार्थीले खेलसँगै विभिन्न सांगीतिक प्रस्तुति राखेका छन् । १२–२० वर्षका युवा लक्षित सो कार्यक्रममा एसइई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीसँगै विद्यार्थी र अभिभावकको उल्लेख्य उपस्थिति रह्यो ।

विद्यालयका संस्थापक चिनु रानाभाट, अञ्जु बस्नेत रानाभाटसँगै प्राचार्य डा. त्रिद्विव उपाध्यायले कार्यक्रम उद्घाटन गरेका थिए । भूपू विद्यार्थीहरु कपिल पुन, मानभ परियार, निश्चल गदल, सौगात गुरुङसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीले सांगीतिक प्रस्तुति राखेको कार्यक्रममा फुड स्टल, कला प्रदर्शनी, नृत्यसँगै आकर्षक खेल प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको सञ्चालन विद्यार्थीहरु प्राप्ति लम्साल, रोशन खत्री ,प्रनिशा तुलाचन, रचना गुरुङ, शिशिर पौडेलसँगै, +२ संयोजक गीताञ्जली राठौरले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया