गण्डकी विश्वविद्यालयमा स्पोट्स मिट

समाधान संवाददाता २०७९ साउन ४ गते ११:२८

पोखरा ।
गण्डकी विश्वविद्यालय स्तरीय सप्ताहव्यापी स्पोट्स मिट मंगलबारबाट सुरु भएको छ । विश्वविद्यालयको खेलकुद व्यवस्थापन संकायको आयोजनामा सञ्चालन भएको कार्यक्रममा पहिलो दिन फुटसलका खेल भएका छन् ।

प्रतियोगितामा फुटसल, रस्साकस्सी र टेवलटेनिसमा महिला र पुरुष दुवैतर्फका खेल समावेश गरिएको छ । जसमा विश्वविद्यालयले सञ्चालन गरेका ५ संकायका विद्यार्थीले सहभागिता जनाएका छ । प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुनेछ ।
गण्डकी प्रदेशले स्थापना गरेको यो विश्वविद्यालयमा अहिले ५ संकायमा अध्यापन हुन्छ । खेलकुद व्यवस्थापनसँगै बिआइटी, फार्मेसी, कानुन र प्रशासन संकायको पढाइ विश्वविद्यालयमा हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया