आज अस्ट्रेलियन एजुकेसन एक्जाबिसन

समाधान संवाददाता २०७९ साउन ५ गते ११:५६

पोखरा ।
ग्लोबल रिच पोखराको आयोजनामा बिहीबार पोखरामा अस्ट्रेलियन एजुकेसन एक्जाबिसन हुँदै छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सिटी स्वायर बैंक्वेटमा चल्ने एक्जाबिसनमा अस्ट्रेलियाका ९ शैक्षिक संस्थाका प्रतिनिधिसँग त्यहाँको उच्च शिक्षा अध्ययन, आवश्यक योग्यता, अध्ययनपछिका सम्भावना आदिबारे बुझ्न पाइने ग्लोबल रिच पोखरा शाखा प्रमुख सरिता गुरुङले जानकारी दिइन् ।

शैक्षिक मेलामा त्यहाँका विश्वविद्यालयका प्रतिनिधिसँग छलफल, छात्रवृत्ति र आवश्यक योग्यताबारे जानकारी दिइने उनले बताइन् । निशुल्क प्रवेश गर्न पाइने मेलामा सहभागी भएर वैदेशिक शिक्षाबारे जानकारी गरी उनले विद्यार्थी र अभिभावकलाई आग्रह गरेकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया