इन्फरमेटिक्स कलेजको दीक्षान्त

समाधान संवाददाता २०७९ साउन ५ गते १३:५६

पोखरा ।
इन्फरमेटिक्स कलेजको दीक्षान्त कार्यक्रम भएको छ । कार्यक्रमममा आइटी विधा तर्फ अध्ययन गरेका २०२० र २०२१ विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा लन्डन मेट्रोपोलिटिन युनिभर्सिटीका विज्ञहरुको समेत सहभागी थियो । आइएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै इन्फरमेटिक्स कलेजका अध्यक्ष विनु गुरुङले विद्यार्थीहरुलाई शुभकामना दिइन् । इन्फरमेटिक्स कलेजका प्रमुख कार्यकारी अधिकृत अभिनव दाहालले आफूले पढाएका विद्यार्थीहरुलाई बधाई र आगामी दिनको शुभकामना व्यक्त गरे । कार्यक्रममा २ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । उनीहरुको बौद्धिक क्षमता र अन्तरवार्ताको आभारमा छात्रवृत्ति घोषणा गरिएको थियो । मास्टरका लागि सञ्जित अधिकारी र आशा थापाले निशुल्क अध्ययन गर्न पाउनेछन् ।

२०२० र २०२१ म लगभग २८० विद्यार्थी सफल भएका थिए । इन्फरमेटिक्स कलेज स्थापना भएको १३ वर्ष भयो । कलेजले बिबिए र आइटी अध्यापन गराउँदै आएको छ । कलेजमा ७०० जना विद्यार्थी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया