पोखरा २८ का वडाध्यक्षद्वारा गाउँगाउँ पुगेर ज्येष्ठ नागरिकको नवीकरण र आवेदन संकलन

पोखरा ।
सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता लिन प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । तर धेरै उमेर भएका वा अपांगता भएका नागरिक वडा कार्यालयसम्मै धाएर नवीकरण गर्न सक्दैनन् । त्यत्तिकै कारण कतिपय भत्ताबाट बञ्चित पनि हुन्छन् । त्यही समस्यालाई बुझेर पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले आफै गाउँगाउँ र टोलटोल पुगेर सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई सेवा दिएका छन् ।
सरकारले ६८ वर्ष पुगेका नागरिकलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको हुँदा त्यो प्रक्रिया पूरा हुनेहरुको आवेदन पनि वडाध्यक्ष लामिछानेले टोलटोलमै पुगेर संकलन गरेका छन् । लामिछाने बिहीबार २८ नम्बर वडामा पर्ने साविक माझठानाका गाउँ पुगेर नवीकरण र आवेदन संकलन गरेका थिए ।
कर्मचारीहरुसहित टोलटोलमा वडाध्यक्ष नै आइपुगेपछि घरदैलोमै सेवा पाउँदा ज्येष्ठ नागरिक खुसी भएर आशीर्वाद दिएको लामिछानेले सुनाए । ‘गाउँगाउँमा सिंहदरबार भनेजस्तो भयो भन्ने अनुभूति वृद्ध आमाबाहरुले गर्नुभयो,’ उनले भने । शुक्रबार उनी साविक कालिका गाविसका टोलमा पुगेर नामावली नवीकरण र आवेदन संकलन गर्दैछन् । २ वटा गाविस मिलेर बनेको वडा नम्बर २८ को केन्द्र साविक कालिका गाविसको कालिकास्थानमा छ ।
भौगोलिक बनावटका हिसाबमा धेरै ठूलो उक्त वडाका कतिपय ज्येष्ठ नागरिक आफै हिँडेर वडा केन्द्रसम्म आउन नसक्ने अवस्था रहेको वडाध्यक्ष लामिछानेले बताए । ‘कति जना त घरमा एक्लै दुक्लै हुनुहुन्छ, वडा कार्यालय लिएर आउने छोराछोरी र आफन्त पनि छैनन्,’ उनले भने, ‘उहाँहरुको घरनजिकै गएर सेवा दिन पाउँदा मलाई पनि आत्मसन्तुष्टि मिलेको छ, जनताको सेवा गर्दा सन्तुष्टि हुन्छ नै झन् वृद्ध आमाबाको सेवा गर्न पाउँदा धेरै सन्तुष्टि हुँदोरहेछ ।’ वडाको सेवा गाउँटोलमै लैजाँदा अपांगता भएका लगायत सामाजिक सुरक्षा भत्ताका लाभग्राही सबैलाई सजिलो भएको वडाध्यक्ष लामिछानेले बताए ।









निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया