अन्नपूर्ण गाउँपालिकाद्वारा कर्मचारीलाई ४२५ प्रतिशत बढाएर फिल्ड भत्ता

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले कर्मचारीहरुलाई आर्थिक वर्ष २०७७/७८ मा सरकारले तोकेको भन्दा बढी फिल्ड भत्ता दिएको पाइएको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार केन्द्र सरकारको निर्णयविरुद्ध गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरेर कर्मचारीलाई ४२६ प्रतिशत बढी भत्ता दिएको हो ।
नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट २०७१ साउन १ देखि लागु हुने गरी अनुसूची ११ मा कर्मचारीहरुको फिल्ड भत्ताको दर तोकिएको छ । तर अन्नपूर्ण गाउँपालिकाको कार्यपालिकाबाट निर्णय गरी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरुलाई मासिक फिल्ड तोकिएको भन्दा बढी दिएको छ । कार्यपालिका निर्णयले गाउँपालिकालाई मासिक ३५ हजार ८०० बढी आर्थिक भार पर्न जान्छ ।
पालिकाले स्वीकृत दरमा मात्र तलब भत्ता उपलब्ध गराउन महालेखा परीक्षकले निर्देशन दिएको छ । गाउँपालिकामा मासिक रुपमा फिल्ड भत्ता दिने गरी निर्णय भएकोमा फिल्ड भत्ताको सम्वन्धमा संघीय कानुनसँग नबाझिने गरी स्पष्ट मापदण्ड बनाई लेख्नुपर्ने महालेखा परीक्षकले औंल्याएको छ ।
गाउँपालिकाले भने पालिकामा कार्यरत प्राविधिक कर्मचारी २० किलोमिटरभन्दा टाढा नियमित रुपमा गइरहनुपर्नै भएकोले दैनिक भ्रमण भत्ताको तुलनामा मितव्ययी हुने भएकाले गाउँसभाबाट निर्णय गरी फिल्ड भत्ता दिइएको बताएको छ ।
गाउँपालिकाले गाउँपालिकाका कर्मचारीको तलबबाट करकट्टी नगरेको पाइएको छ । गाउँपालिकाले आव ०७७÷७८ मा ४२ हजार ५४३ रुपैयाँ करकट्टी नगरी भुक्तानी गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
आय कर ऐन, २०५८ को दफा ८ मा रोजगारबाट भएको आयको गणनामा प्राकृतिक व्यक्तिलाई एक आर्थिक वर्ष पारिश्रमिक लगायत अन्य सुविधा भुक्तानी गर्दा आयको गणनामा गरी दफा ८७ अनुसार रोजगारदाताबाट करकट्टी गर्नुपर्ने व्यवस्था छ । तर गाउँपालिकाले ८ जना कर्मचारीको करकट्टी कम गरेको भन्दै असुल गरी राजस्व दाखिला गर्न आग्रह गरेको छ ।
महालेखा परीक्षकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ४ किसानलाई गाउँपालिकाले बढी भुक्तानी गरेको छ । कृषक गोपाल केसीले आव ०७७/७८ मा ७५ प्रतिशत अनुदानका लागि बिल पेस गरे । तर उनले बिलभन्दा १ हजार ६४३ रुपैयाँ बढी पाए । उनले ३५ हजारको बिल पेस गरेका थिए । त्यसको ७५ प्रतिशत २६ हजार २५० हुन जान्छ र गाउँपालिकाले २७ हजार ८९३ भुक्तानी गरेको उल्लेख गरेको छ ।
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ (५) मा खर्च गर्दा पुष्टि गर्ने विल, भरपाई, प्रमाण र कागजात सलंग हुनुपर्ने व्यवस्था छ । तर गाउँपालिकाले आव ०७७/७८ मा ४ जना कृषकलाई बिल, भरपाई, प्रमाण र कागजात भन्दा बढी भुक्तानी गरेको देखिएको हो । बढी भएको उक्त रकम असुल गरी गाउँपालिकाको खातामा दाखिला गर्न महालेखा परीक्षकले निर्देशन दिएको छ ।
गाउँपालिकाले करिब १३ लाख अनुत्पादक क्षेत्रमा खर्च गरेको पाइएको छ । गाउँपालिकाले आव ०७७/७८ मा सार्बजनिक श्रोतको उपयोग गर्दा अधिकतम प्रतिफल सुनिश्चित हुने गरी खर्च गर्नुपर्नेमा १२ लाख ७६ हजार ८२६ रुपैयाँ अनुत्पादक प्रयोजनमा भुक्तानी गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । यस प्रकारको खर्चमा मितव्ययीता कायम गर्नुपर्ने महालेखाले औंल्याएको छ ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया