सेतीकाली साहित्य संगमको सभा

समाधान संवाददाता २०७९ साउन ९ गते ११:३८

पोखरा ।
सेतीकाली साहित्य संगमको प्रथम वार्षिक साधारण सभा एवं ३२ औं काव्य शृंखला शनिबार भएको छ । कार्यक्रममा भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण र सम्बद्धन गर्ने यस खालको प्रयास सराहनीय भएको बताए । उनले साहित्यिक शृङखला कुनै एक ठाउँमा मात्र सिमित नगरेर नगरका विभिन्न क्षेत्रमा भए अझ प्रभावकारी बन्ने विचार राखे ।

प्रेस स्वतन्त्रता सेनानी विश्ववन्धु भण्डारीले भिमादको एकमात्र साहित्य संस्थाले यहाँका प्रतिभाको उत्थानमा ध्यान दिनुपर्ने बताए । वडा नंं ६ का श्यामसुन्दर जोशीले संगम यस भेगकै एकमात्र गहना भएकाले सबैले यसको उत्थानका लागि सक्दो सहयोग गर्नुपर्ने विचार राखे । भिमाद नगर उद्योग वाणिज्य संघ अध्यक्ष हस्तबहादुर खड्काले लेखक कैलाशकै कारण यस क्षेत्रमा नयाँ प्रतिभा प्रेरणा पाएर साहित्यतिर लम्केको बताए । सल्लाहकार नारायणप्रसाद खनालले साहित्यको क्षेत्रमा काम गर्छु भनेर कम्मर कसेको यो संस्थालाई स्थानीय सरकारले सघाउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा भिमाद १ घर भई हाल युके निवासी केशरबहादुर रानाले भिमादका १४ माविका २८ विद्यार्थीलाई स्टेसनरी वितरण गरेका थिए । संगम अध्यक्ष नारायणकैलाश सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा दिनानाथ पराजुली, रामशरण गैह्रे, शुकला उपाध्याय, हरिप्रसाद सुवेदी, सुप्रिया पुरी, हरिप्रसाद सिग्देल, नुवादत्त पौडेल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया