वसन्त र जीवनको तीजगीत ‘त्यो सेरोफेरो माइती घर मेरो’

समाधान संवाददाता २०७९ साउन १० गते १३:२९

पोखरा ।
नेपाली नारीको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा एकपछि अर्को गर्दै तीज गीत बजारमा आइरहेका छन् । सोही क्रममा वसन्त थापा र जीवन सिग्देलको शब्दमा मौलिक तीज गीत ‘त्यो सेरोफेरो माइती घर मेरो’ सार्वजनिक भएको छ ।
हालै सार्वजनिक भएको गीतमा निशा केसी, बिन्दु पौडेल, आवृत्ति भुसाल र विजय केसीले स्वर भरेका छन् । गीतमा वसन्त थापाको संगीत, विनोद बाजुरालीको संगीत संयोजन छ ।

गीतको म्युजिक भिडियोमा करिस्मा ढकाल, अस्मिता रनपाल, बिना विश्वकर्मा, लोमस शर्मा लगायतको अभिनय देख्न सकिन्छ । दिलीप हमालले निर्माण गरेको म्युजिक भिडियोलाई दीपकएम सिंहले कोरियोग्राफी र कुमार केसीले निर्देशन गरेका छन् ।
वर्ष दिनमा आउने तीजमा विवाह गरेर गएकी चेलीलाई माइती लिन जाने परम्परालाई समेटेर गीत तयार पारिएको छ । सोही भावलाई चेलीले माइती घरबाट लिन आउछन् कि आउँदैनन् भन्ने विषयवस्तुमा दिदीबहिनी र भाइको वार्तालापलाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

पछिल्लो समय तीजगीत आधुनिक परिवेशमा हराउँदै गएको अवस्थामा आफूहरूले ‘त्यो सेरोफेरो माइती घर मेरो’ मा दर्शक÷स्रोतालाई मौलिकता भित्रपनि फरकपन दिने प्रयास गरेको उनीहरुको दावी छ । अस्ट्रेलियालाई कर्म थलो बनाएका गीतका गायक गायिकाले सार्वजनिक गीतबाट दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया