गण्डकीमा एसईई परिक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थी ७८४

समाधान संवाददाता २०७९ साउन ११ गते १७:०४

पोखरा ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । आज बसेको बोर्ड बैठकपछि एसईईको नतिजा सार्वजनिक गरिएको हो ।

बोर्डका अनुसार गण्डकी प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ७८४ रहेको छ । त्यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ३५०१, २.८ देखि ३.२ जीपीए ल्याउने ७०८७ रहेको बोर्डले जानकारी दिएको छ ।

प्रदेशभर एसइई परीक्षामा ४६ हजार १ सय ९१ विद्यार्थी सहभागी भएका थिए । प्रदेशका ११ वटै जिल्लाबाट १ हजार ३ सय ४१ विद्यालयबाट नियमिततर्फ ४५ हजार १ सय ५५, प्राविधिक धारतर्फ ८ सय १५ र ग्रेड वृद्धितर्फ २ सय २१ विद्यार्थी सहभागी थिए ।

Advertisement

देशभर पाँच लाख १४ हजार पाँच सय ७७ जना विद्यार्थी एसईई परिक्षामा सहभागि थिए ।

Advertisement

तपाईको प्रतिक्रिया