डिज्निल्याण्ड एकेडेमीकी ऋतिका पोखरेलले ल्याइन् एसईईमा ४ जीपिए

समाधान संवाददाता २०७९ साउन १२ गते १३:०६

पोखरा ।
डिज्निल्याण्ड एकेडेमी पोखराकी ऋतिका पोखरेलले एसईई परिक्षामा ४ जीपिए ल्याएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनीक गरेको नतिजा अनुसार उनले ४ जीपिए ल्याएकी हुन् ।

बोर्डका अनुसार गण्डकी प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ७ सय ८४ रहेको छ । त्यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ३ हजार पाँच सय १, २.८ देखि ३.२ जीपीए ल्याउने ७ हजार ८७, १.२ देखि २ ल्याउनेको संख्या २ हजार ३ सय २५, जीपीए ०.८ देखि १.२ ल्याउनेको संख्या १ सय ३३ रहेको रहेको बोर्डले जानकारी दिएको छ ।

गण्डकीबाट ४६ हजार १ सय २९ विद्यार्थी परिक्षमा सहभागी भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया