पोखराको दिपमा विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने

पोखरा ।
दस जोड दुई अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरि पोखराको दिपमा फुटसल प्रतियोगिता हुने भएको छ । पोखरा १६ दिपमा रहेको द मण्डेला युवा क्लवले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भाद्र ३ र ४ गते चिन फुटसल दिपमा दस जोड दुई स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष नवीन तामाङले जानकारी दिए ।
फुटसल खेलको विकास र नयाँ प्रतिभालाई प्रोत्सााहन गर्ने उद्देश्य रहेकाे क्लबले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न कुल १ लाख ५० हजार लाग्ने र उक्त रकम विभिन्न सहयोगी संस्था तथा दातावाट संकलन गरिने कोषाध्यक्ष अजित नेपालीले वताए ।
प्रतियोगितामा विजेताले नगद ४० हजार, ट्रफी , मेडल र उप विजेताले नगद २० हजार ट्रफी मेडल प्राप्त गर्ने छन् ।
प्रतियोगिताको प्रचार प्रसार तथा टिम दर्ताको लागि विभिन्न विद्यालयसँग समन्वय भई रहेको सचिव मिलन खवासले जानकारी दिए । क्लबले आफ्नो पहिलो कार्यक्रम भएको र यसको आयोजना पछि अन्य विद्यार्थी केन्द्रीत कार्यक्रमलाई थप निरन्तरता दिइने बताइएको छ ।






पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया