पोखरा कलेजमा फुटसल

समाधान संवाददाता २०७९ साउन १५ गते १३:१५

पोखरा ।
पोखरा कलेज अफ म्यानेजमेन्टमा कार्यरत शिक्षक तथा कर्मचारीबीच फुटसल प्रतियोगिता भएको छ । पोखरा फुटसल अरिना गैह्रापाटनमा भएको प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीको उपाधि राजकिरण छत्कुली, सर्वाधिक गोलकर्ताको उपाधि निकेश कर्मचार्य र सर्वात्कृष्ट गोलरक्षकको उपाधि सरोज कुँवरले जिते ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई कलेजका प्राचार्य लिना नेगी श्रेष्ठ र निर्देशक प्राञ्जल कायस्थले मेडल र पुरस्कार प्रदान गरे । प्राचार्य श्रेष्ठले कलेजले यस्ता कार्यक्रम विगतदेखि गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिइने बताए । विजयी टिमका कप्तान प्रतीक राईले प्रतियोगिताले शिक्षक कर्मचारीबीचको सम्बन्ध प्रगाढ बनाएको विचार राखे ।

Advertisement

तपाईको प्रतिक्रिया