गायक भुमिराजको देखेपछि तिमीलाई सार्वजनिक

समाधान संवाददाता २०७९ साउन १५ गते १४:५९

पोखरा ।
गायक तथा मोडल भुमिराज ढुंगानाको आधुनिक गीत तथा म्युजिक भिडिया देखेपछि तिमीलाई को बिमोचन कार्यक्रम सम्पन्न भएको छ । पोखरा नागढुङ्गा स्थित बाजेको सेकुवाद्धारा सञ्चालित दिब्यश्री बेन्क्यूटमा भएको कार्यक्रममा गायक ढुङ्गाना र शिक्षक एवम समाजसेवी पुर्ण बहादुर गुरुङले विमोचन गरेका हुन् ।

गीतमा स्वर भुमिराज ढुंगानाको रहेको छ भने किरण देबकोटाको लय तथा शब्द, विशाल परियारले संगीत संयोजन गरेका छन् । भिडियोमा गायक भुमिराज ढुंगाना, अमृता मगर र नारायण मगरको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशक र कथा लेखन युवराज गुरुङको रहेको छ ।

कार्यक्रममा युवा व्यवसायी बाजेको सेकुवा पोखराका संचालक एकराज गिरी, लेखुराम खाती, कृष्णटोल आमा समूह अध्यक्ष रुपा केसी लगायतले शुभकामना दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया