थाक खेलकुदको ५० औ संस्करण ताक्लुङमा हुँने

समाधान संवाददाता २०७९ साउन १५ गते २०:४२

जोमसोम–कोभिड माहामारीका कारण रोकिएको मुस्ताङको बहुप्रतिष्ठित खेलकुद प्रतियोगिता थाक खेलकुद तथा च्याम्पियनसीप असोज ५ गते हुँने भएको छ । थाक खेलकुद तथा सांस्कृतिक विकास संघको शनिवार थासाङको ताक्लुङमा बसेको बैठकले यसवर्ष संघको ५० औं वर्षको स्वर्ण जयन्ती तथा खेलकुद लगायतका विभिन्न कार्यक्रम ताक्लुङमा आयोजन गर्ने निर्णय गरेको जनाएको छ ।
संघका अध्यक्ष चन्द्रमोहन गौचनको अध्यक्षतामा बसेको संघको बैठकले थाकखेल कार्यक्रम तथा थाकखेलकुदको ५० औं वर्ष पुगेको उपलक्ष्यमा यसवर्ष विशेष प्रकारले प्रतियोगिता आयोजन गर्न विभिन्न १५ बुँदे निर्णय गरेको छ ।
लगातार २ वर्षसम्म कोभिड माहामारीका कारण थाकखेलकुद प्रतियोगिता हुन सकेको थिएन । मुस्ताङ जिल्लाका लागि सर्वाधिक महत्व राख्ने थाकखेलकुद कार्यक्रमले यहाँका यूवाहरुको खेलप्रतिको आर्कषण वृद्धि गर्ने,स्थानीय खेलाडीलाई उत्पादमुखी बनाएर जिल्ला ,क्षेत्र र राष्ट्रिय रुपमा प्रतिनिधित्व गराउन सक्ने आधार तयार गर्ने,खेल पर्यटनको प्रर्वद्धन गर्ने र स्थानीय खेलाडी र कलाकारको क्षमता विकास गर्ने लक्ष्यसहित थाकखेलकुद तथा सांस्कृतिक विकास संघले बर्सेनि थाकखेलकुद कार्यक्रम गर्दैआईरहेको थियो । यो प्रतियोगिताले मुस्ताङको तल्लो भेंकका अन्तर क्लव र त्यसमा आवद्ध खेलाडीहरुबीचको सामिप्यता बढाउने गर्ने प्रतियोगिता आयोजना हुने गरेको छ । मुस्ताङको जोमसोमदेखि तल्लो भेंकका स्थानीय ८ वटा यूवाक्लवहरुबीच मैत्रीपूर्ण थाकखेलकुद प्रतियोगिता हुँदै आईरहेको छ ।
मुस्ताङमा मोफसलको रुपमा आयोजना हुँदै आईरहेको थाकखेलकुद प्रतियोगितामा पुरुष तथा महिला भलिबल,तारा खेल, मिस मुस्ताङ र गायन प्रतिस्पर्धा आयोजना हुँने गरेको छ । यस वर्ष थाकखेल कार्यक्रम विशेष रुपले आयोजनाा गर्ने तयारी संघले गरेको छ ।यसका लागि समितिले संघले स्मारिका प्रकाशन गर्ने भएको छ । स्वर्ण जयन्तीमा यसअघिका संघका पूर्वअध्यक्षहरुलाई सम्मान गर्ने निर्णय गरिएको छ ।
संघले कोभिडले रोकिएको थाकखेलकुद थासाङ–५ ताक्लुङमा असोज ५ गतेदेखि ८ गतेसम्म सञ्चालन गर्ने तय गरिएको छ । बर्सेनि आलोपाले संञ्चालन हुने प्रतियोगित यसपटक अन्नपूर्ण यूवाक्लवले सञ्चालन गर्नेछ भने त्यसका लागि आयोजक क्लवकै तर्फबाट क्लवका राम परियारलाई केन्द्र सचिवमा नियूक्त गरेको जनाईएको छ ।
संघले तोकेको केन्द्र सचिवलाई थाक खेलकुदमा आवद्ध सबै क्लवहरुले खेलाडी र कलाकारहरुको विवरण भदौ ३१ गते सम्म विवरण पेश गर्नु पर्ने जनाएको छ ।
संघको बैठकले पुरुष तथा महिला भलिबल,तारा खेल,सांस्कृतिक कार्यक्रम तथा मिस मुस्ताङ प्रतियोगिता आयोजना गर्न खेल सयोजक तथा समिति गठन गरी जिम्मेवारी तोकिएको छ । यसै गरी संघले कार्यक्रमको प्रमाणपत्र,छपाई सम्वन्धि कार्य र खेलाडी तथा अफिसियल व्यवस्थापन, आवास तथा भोजनको दररेट समेत कायम गरेको छ ।
संघले पुरुष भलिबल तर्फ यसअघिकै साविको निर्णय कार्यान्वयन गर्ने र महिला भलिबल खेलाडीको हकमा जिल्ला भित्र बसोबास गर्ने सबै सहभागी हुन पाउँने निर्णय गरेको छ ।
संघले ५० औं थाकखेलकुदका लागि आर्थिक संकलन समिति र प्रचार–प्रसार समिति समेत गठन गरेको छ ।थाकखेल कार्यक्रमको दौरानमा कृषि प्रर्र्दशनी तथा हाट बजार मेला सञ्चालन गर्न स्थानीय निकायसंग समन्वय गर्ने बताईएको छ ।
संघका सचिव दिपक लालचनले कोरोना कहरले रोकिएको थाकखेलकुद प्रतियोगिता यसवर्ष भव्यताका साथ सम्पन्न गर्ने तयारी भईरहेको बताए ।‘ मुस्ताङको मोफसल प्रतियोगित थाकखेलको ५० औं वर्ष पुग्दैछ ,यो हाम्रो लागि गौरवको बिषय हो,उनले भने,स्वर्ण जयन्तीका साथै खेलकुद कार्यक्रम दुबै एकैसाथ सञ्चालन गर्नेछौं।’ कोरोनाले रोकिएको थाकखेलकुद प्रतियोगिता हुन्छ या हुँदैन भन्ने जनमानसमा चिन्तामा यसलाई हामी निरन्तर पछ्याउदै जाने निर्णय गरेको उनले बताए । उनले थाकखेलकुदले १०० वर्ष पुरा गर्ने दावी गरे ।

Advertisement

तपाईको प्रतिक्रिया