पोखराको टुडिखेल मैदानमा तिज मेला

समाधान संवाददाता २०७९ साउन १७ गते १४:३३
File photo

पोखरा ।
इन्द्रेणी एकीकृत बिकास केन्द्र पोखरा १ ले तिजको अबसरमा पोखराको टुडिखेल मैदानमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्ने भएको छ । भाद्र १० गते देखि १६ गते सम्म दोस्रो तिज मेला आयोजना गर्ने हो । मेलामा विभिन्न बिधामा प्रतियोगितात्मक कार्यक्रमहरु सँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।

लामोसमय सम्म तिजगित प्रतियोगिता गर्दै आएको सस्थाले २०७६ सालमा पहिलो पटक तिजमेलाको रुपमा शुरुवात गरेको र दुई बर्ष कोरोनाको कारण स्थगितमेला लाई यस बर्ष भब्य रुपमा सन्चालन गर्ने निर्णय कार्यसमितिको बैठकले गरेको कुरा केन्द्रका महासचिव वसन्त बास्तोलाले बताए ।

आधुनिक भन्दा मौलिकता लाई प्रथामिकता राखेर मेला सन्चालन गरिने मेलामा मौलिक कला र सस्कृती जगेर्ना गर्ने र बचेको रकमलाई इन्द्रेणी एकीकृत बिकास केन्द्र द्दारा निर्माणधिन रहेको कृयापुत्री भबनलाई सम्मपन गर्ने उदेश्यका साथ मेला गर्न लागिएको केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया