गायनसँगै मोडलिङमा सुमन

समाधान संवाददाता २०७९ साउन १८ गते ११:०१

पोखरा ।
पछिल्लो समय पोखरामा पुरुष मोडल कम छन् । एकादुई म्युजिक भिडियो खेलेर हराउने परिपाटीले पुरुष मोडलको अभाव देखिएको कलाकारहरु बताउँछन् । यही समयमा गायनसँगै मोडलिङमा उदाउन खोजेका छन् सुमन केसी । पर्वतमा जन्मिएर पोखरालाई कर्मथलो बनाएका केसी गायक पनि हुन् ।

उनी आफ्नो परिचय गायकसँगै मोडल पनि बनाउन लागिपरेका छन् । उनले खेलका म्युजिक भिडियो अहिले बजारमा आइरहेका छन् । उनी पछिल्लो समय तीज गीत केन्द्रीत म्युजिक भिडियोमा व्यस्त छन् । हालसालै केसीले अभिनय गरेका २ तीजका गीत बजारमा आइसकेका छन् भने अन्य गीत आउने तयारीमा रहेको उनले बताए । केसीको नृत्य रहेको राजन कार्की र देवी घर्ति मगरले स्वर दिएको ‘साह्रै माया लाउनी’ तीजको गीत अहिले चल्तीमा छ ।

यो गीतबाट बढी अपेक्षा गरेको उनले सुनाए । ‘झिल्के नक्कली’ बोलको गीत पनि केसीले अभिनय गरेको यो वर्षको अर्को तीज गीत हो । यसअघि उनले अभिनय गरेका गीतमा ‘बुटवल बजार, देखेको पाइन्न मायालु, माइती देश, मनका कुरा बुझ्ने मायालु बजारमा आइसकेका छन् । उनी नृत्य क्लास पनि लिइरहेका छन् । गायनसँगै मोडिलिङलाई सँगै लिएर जाने केसीको योजना छ । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका कार्यसमिति सदस्यसमेत हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया