प्रदेशस्तरीय ब्याडमिन्टन २० गतेबाट

समाधान संवाददाता २०७९ साउन १८ गते ११:१०

सञ्जय रानभाट

पोखरा ।
साउन २० गतेबाट तेस्रो प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगर कमिटीको संयुक्त आयोजना र जिल्ला ब्याडमिन्टन संघको सहकार्यमा प्रतियोगिता हुन लागेको हो ।

सफल व्यवसायीका लागि स्वास्थ्यताको माध्यम खेलकुद’ भन्ने मुल नाराको साथ ४४ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ‘ प्रतियोगिता आयोजना गरिएकोे महासंघका गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले जानकारी दिए ।

Advertisement

पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेश स्तरीय खुला मेन्स डबल्स र भेट्रान्सका खेल समावेश गरिएको छ ।
दुवै इभेन्टतर्फ प्रथमलाई नगद ३५ हजार, द्वितीयलाई नगद २५ हजार र तृतीयलाई १० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका खेल साउन २० र २१ गते चल्ने छन् । टिम दर्ताका लागि साउन १९ गते बिहान ७ बजेसम्मको समय छ ।

Advertisement

तपाईको प्रतिक्रिया