संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते हुने

समाधान संवाददाता २०७९ साउन १९ गते १४:३५

काठमाडौं ।
सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ मा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको हो । बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

तपाईको प्रतिक्रिया