अर्थ सचिव मधुकुमार मरासिनीको सरुवा

समाधान संवाददाता २०७९ साउन १९ गते १७:०९

काठमाडौं ।
मन्त्रिपरिषद बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । अर्थसचिवले स्वयमले सरुवा माग राखेकाले सरुवा गरिएको बैठकले बताएको छ ।

सरकारले अर्थ सचिवमा तत्कालका लागि राजस्व सचिव कृष्णहरि पुष्करलाई नियुक्त गरेको छ । राजस्व सचिव पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया