नेपाली कांग्रेस पोखराको उपसमिति गठन

समाधान संवाददाता २०७९ साउन १९ गते १७:४१

पोखरा ।
नेपाली कांग्रेस पोखरा महानगरपालिकाले ७ वटा उपसमिति गठन गरेको छ । पार्टीको सांगठनिक संरचनालाई सृदुढ बनाउन र आगामि संघ सभा र प्रदेश सभाको निवार्चनका लागि उपसमितिको गठन गरिएको महानगर कार्यसमितिका सभापति सुरेन्द्रमान बिजुक्छेले जानकारी दिएका छन् ।

विपद् व्यवस्थापन उपसमितिमा उपसभापति प्रयागराज भण्डारी, उपसभापति भवसागर पौडेल अनुगमन समितिमा, कोषाध्यक्ष सम्मरबहादुर श्रेष्ठ कोष निमार्ण तथा व्यवस्थापन उपसमितिमा, युवा, विद्यार्थी तथा खेलकुद उपसमितिमा सहसचिव संजय आले, शिक्षा तथा प्र्रशिक्षण उपसमितिमा रविन्द्र बराल, संघ संस्था संयोजन उपसमितिमा प्रिती पाण्डे र लेखा समितिमा प्रवक्ता धनन्जय पौडेल रहेका छन् ।

nc

Advertisement

तपाईको प्रतिक्रिया