इनरव्हील क्लबले मनायो मित्रता दिवस

समाधान संवाददाता २०७९ साउन १९ गते १८:११

पोखरा ।
इनरव्हील क्लब अफ न्युरोड पाेखराले बुधबार विश्व मित्रता दिवस मनाएको छ । क्लबको नियमित दोस्रो बैठक संगै पोखरा पार्टी प्यालेसमा मित्रता दिवस मनाएको हो ।

कार्यक्रममा समसामयिक विषयमाथि छलफल भएको क्लबकी अध्यक्ष नारायणी बास्तोलाले बताइन् । क्लबको उद्देश्य साथित्व बढाउनु, रमाउनु र समाजमा सेवा गर्नु रहेको उनले भनिन् ।

क्लबका सदस्यका जन्मदिन समेत परेकाले कार्यक्रममा उपहार तथा शुभकामना आदानप्रदान गरिएको थियो । अध्यक्ष बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन सचिव गिता केसीले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया