राजनिति

गण्डकीमा नेकपा (एमाले) ले बहुमतको सरकार बनाउने

समाधान संवाददाता २०७९ साउन ३० गते २१:०४

तनहु –नेकपा (एमाले) का नेताहरुले गण्डकी प्रदेशमा आफ्नो सरकार बन्ने गरी आगामी चुनावमा बहुमत ल्याउने दावी गरेका छन् । केही स्थानीय तह र वडामा प्राविधिक कारणले जित निकाल्न नसकेकोमा प्रदेश सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनमा थप सुधार हुने नेताहरुको दावी छ ।
तनहुँको बन्दिपुरमा आइतबार र सोमबार आयोजित संगठनात्मक कार्यशालामा नेकपा ९एमाले० का उपमहासचिव एवं गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा ९एमाले० ले संघ र प्रदेशमा बहुमतसहितको सरकार बनाउने दावी गर्नुभयो । उहाँले देश अहिले एमालेमय भएकाले संघ र प्रदेश दुवैमा बहुमतका साथ सरकार बनाउने उहाँको भनाई छ । उहाँले कम्युनिष्टको भविश्य देख्न चाहनेहरु अहिले नेकपा ९एमाले० मा प्रवेशको लर्को चलेको र जनताले पनि विश्वास गरेको पार्टी नेकपा ९एमाले० भएकाले जित सुनिश्चित भएको उहाँले बताउनुभयो । निष्ठा र प्रतिष्ठाको राजनीति गर्नेलाई जनताले सत्तामा पु¥याउने भन्दै कार्यनीति, सिद्धान्त र बैचारिक हिसावले अडिग भएर अघि बढ्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
पार्टी केन्द्रीय संगठन विभाग प्रमुख एवं पूर्व ग्रहमन्त्री खगराज अधिकारीले ‘पार्टी संगठन र समाधानका सम्बन्धमा’ कार्यपत्र प्रस्तुत गर्दै पार्टी कमिटी केन्द्रदेखि टोलसम्म सक्रियताका साथ चुनावमा होमिनुपर्ने बताउनुभयो । पार्टीका सवै संगठनले सांगठनिक गतिविधि देखाएर अघि बढ्न उहाँले निर्देशन दिनुभयो । उहाँले समावेशीताको सिद्धान्त एमालेले मात्रै बुझेको भन्दै दलाल–नोकरशाही–पुँजीवादको अन्त्य गरेर समाजवादको आधार निर्माण गर्नेकार्यमा सवैले नेकपा ९एमाले०लाई साथ दिन र गोलबद्ध हुन आह्वान गर्नुभयो ।
पार्टी केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले ‘संगठनात्मक अवस्था, समस्या र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेकपा ९एमाले० को जितको आधार नै संगठन भएको बताउनुभयो । पार्टीको सवै जनसंगठनको सक्रियता र जनताको भरोसाबाट नेकपा ९एमाले० आगामी चुनावमा पहिलो पार्टी बन्ने अवसरलाई सवैले सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीको जनसंगठन संयोजक भानुभक्त ढकालले जनसंगठन क्रियाशील भएमात्रै पार्टीले विजयी हासिल गर्ने भएकाले जनसंगठन सक्रिय ढंगले लाग्न आग्रह गर्नुभयो । पार्टी संगठन सदस्य कर्ण थापाले नेकपा ९एमाले० मा नयाँ सदस्यता लिने र नवीकरण गर्ने क्रम बढेको भन्दै भदौ १५ गतेभित्र सवैले पार्टी सदस्यता नवीकरण गर्न आग्रह गर्नुभयो ।
कार्यशालामा विभिन्न जिल्लाबाट सहभागि जिल्ला अध्यक्ष, सचिव र संगठन विभाग प्रमुखलगायत गरी ११ र जनसंगठनको एउटा गरी १२ समूह गरेर पार्टीले आगामी दिनमा गर्नुपर्ने कामबारे सुझाव संकलन गरिएको छ । नेकपा ९एमाले० गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यशालामा उपाध्यक्ष मोहन रेग्मीले स्वागत भाषण गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिव धनञ्जय दवाडीले गर्नुभएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया