कास्कीकोटमा दहीको होली खेलिँदै

समाधान संवाददाता २०७९ साउन ३१ गते ११:१३

पोखरा l
श्रीकृष्ण जन्माष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलिने भएको छ । भदौ ४ गते शनिबार श्रीकृष्ण रथ यात्रा तथा दहीजात्रा आयोजना गरिएको गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।

गएका वर्षमा कोरोना कहरका कारण रोकिएको दही जात्रा यस पटक विभिन्न सांस्कृतिक झाँकी, बाजागाजासहित कार्यक्रम हुने समिति सचिव ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए । ६ वर्षदेखि कार्यक्रम हुँदै आएको छ ।

भजन चुटका तथा विभिन्न झाँकीसहित कार्यक्रममा सहभागी हुन क्षेत्र विकास समितिले आहवान गरेको छ । । सहभागी उत्कृष्ट समूहहरुलाई पुरस्कारको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया