प्रेस सेन्टर पदाधिकारी सम्मानित

समाधान संवाददाता २०७९ साउन ३१ गते १२:१५

पोखरा ।
गण्डकी प्रदेशबाट निर्वाचित प्रेस सेन्टरका केन्द्रीय पदाधिकारीलाई प्रेस सेन्टर कास्कीले सोमबार सम्मान गरेको छ । शाखाले चौथो महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित त्रिभुवन पौडेल, उपमहासचिव दीपक जलन, सचिवद्वय माधव पनेरु र दीपक भट्टराई, नीति योजना तर्जुमा समिति सदस्य विभु भुषाल लगायतलाई सम्मान गरिएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रेस सेन्टरलाई अझै क्रान्तिकारी पत्रकार संस्थाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । उनले सम्मान गर्ने संस्कार सुरुवात गरेकोमा जिल्ला शाखालाई धन्यवाद दिए । उनले समुन्नत राष्ट्र निर्माणमा पत्रकारको भूमिका अहम् रहने गरेको औंल्याए ।

अग्रज पत्रकार कोमलनाथ बरालले पत्रकारले समाजलाई अग्रगामी दिशातर्फ लैजान भूमिका निर्वाह गर्नुपर्ने विचार राखे । कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, पार्टी केन्द्रीय सदस्य तेजकुमारी पौडेल, राष्ट्रिय भूमि आयोग कास्की अध्यक्ष गंगा पोखरेल, पार्टी महानगर सचिव जनकराज पराजुली, सम्मानित व्यक्तित्वहरु त्रिभुवन पौडेल, दीपक जलन र माधव पनेरु, पत्रकार महासंघ कास्की कार्यवहाक अध्यक्ष रामप्रसाद तिमिल्सिना, प्रेस युनियन कास्की कार्यवहाक सभापति रविना आले, प्रेस सेन्टर कास्की सचिव पुष्प दाहाल लगायतले बोलेका थिए । कार्यक्रम प्रेस सेन्टर कास्की अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया