सहारा स्कुललाई चिल्ड्रेन नेपालकाे पंखा सहयाेग

समाधान संवाददाता २०७९ साउन ३१ गते १२:३०

पोखरा ।
चिल्ड्रेन नेपाल पोखराले पोखरा ९ बसपार्क स्थित सहारा आधारभूत स्कुललाई १४ सेट सिलिङ पंखा दिएको छ । पोखरा ९ का वाडध्यक्ष दीपेन्द्र मर्सानीले प्रधानाध्यापक लोचना अधिकारीलाई पंखा हस्तान्तरण गरे ।

वडाध्यक्ष मर्सानीले संस्थाले उपलब्ध गराएका पंखा जडान गर्न वडा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता गरे । वडा सदस्य नन्दुराम गिरीले संस्थाबाट उपलब्ध स्रोत, साधनको उच्चतम प्रयोग गर्न आग्रह गरे । प्रधानाध्यापक अधिकारीले स्कुलका गतिविधिबारे कार्यक्रममा प्रकाश पारिन् ।

चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले अहिले बालबालिकाको सहभागितासँगै शैक्षिक प्रगतिको प्रशंसा गरे । संस्थामा स्रोत, साधन उपलब्ध भएको खण्डमा विद्यालयलाई यस खालको सहयोग आगामी दिनमा पनि गर्ने उनले प्रतिवद्धता गरे ।

Advertisement

संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले संस्थाको सहयोगमा यस वर्ष ३२ जना बालबालिकाले सहारा आधारभूत विद्यालयमा पठनपाठन गरिरहेको जानकारी दिइन् । उनले बालबालिका र उनीहरुको परिवारको सशक्तीकरणका लागि विभिन्न गतिविधि गर्ने गरेको जनाइन् ।

Advertisement

तपाईको प्रतिक्रिया