मनकामना टोलको अध्यक्षमा केसी

समाधान संवाददाता २०७९ साउन ३१ गते १७:३९

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १४ मनकामना टोलको अध्यक्षमा रामचन्द्र केसी सर्वसम्मत निर्वाचित भएका छन् ।
मंगलबार विहान भएको अधिवेशनले १५ सदस्य टोल कार्य समिति गठन गरेको हो । जसको उपाध्यक्षमा मोतीबहादुर बानियाँ, सचिवमा रविकिरण पराजुली, कोषाध्यक्षमा महेश बानियाँ चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यमा रविन्द्र थापा, सौगाता जिसी, शोभा बानियाँ, विष्णुमाया जिसी, अन्जान थापा, लक्ष्मी बानियाँ, माया गुरुङ, सरिता बानियाँ, दीपक विक., सिता शर्मा र श्याम थापा रहेका छन् । ललितबहादुर बानियाँको संयोजकत्वमा गठित ३ सदस्य समितिका सदस्यमा रेशम जिसी र इन्द्रामाया बानियाँ रहेका थिए भने सोही समितिले नयाँ कार्य समितिको निर्वाचन समेत गराएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले वडाभरि ६५ वटा टोल विकास संस्था रहेकोमा सबै टोललाई अध्यावधिक गर्नका लागि अधिवेशन गरी टोलको विकास र वडाको विकासमा हातमालो गर्न आग्रह गरे । अध्यक्ष कार्कीले वडा नं. १४ मा रहेको सबै संघ संस्थालाई क्रमसँगै अत्यावधिक गराउँदै सबै संघ संस्थालाई संस्थाप्रतिको उत्तरदायी बनाउदै लैजाने वडाको योजना रहेको बताउँदै सबै कार्य समितिका साथीहरु संस्था र वडाको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

Advertisement

कार्यक्रममा मनकामना टोलका पूर्व अध्यक्ष ललितबहादुर बानियाँले टोल विकास संस्थालाई आफ्नो टोलको विकास र टोलमा परेका समस्याहरुलाई समाधान गर्दै वडामा रहेको ६५ वटा टोल विकास मध्ये नमुना टोल विकास बनाउनु पर्नेमा जोड दिए ।
मनकामना टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मोतीबहादुर बानियाँले गरेका थिए भने सञ्चालन सचिव मदन जिसीले र कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष डिलकुमारी जिसीले प्रस्तुत गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया