पोखरामा राष्ट्रपतिका २ दिन

समाधान संवाददाता २०७९ भदौ १ गते ११:०३

पोखरा ।
राष्ट्रपति विद्यादेवी भण्डारी पोखराको २ दिने भ्रमण सकेर काठमाडौं फर्किएकी छन् । सोमबार मध्यान्ह पोखरा आएकी राष्ट्रपति भण्डारीको भ्रमण विभिन्न भेटघाटदेखि मन्दिर दर्शनसम्म रह्यो ।

सोमबार विभिन्न भेटघाटमा बिताएकी भण्डारी मंगलबार पोखरामा व्यस्त रहिन् । उनले पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहान साढे ८ मा विन्ध्यवासिनी मन्दिरको दर्शन गरिन् ।

केहि समयको आरामपछि साढे ११ बजे पोखरा महानगरपालिका १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हिरक जयन्ती समापन समारोहमा सहभागी भइन् । कार्यक्रममा सहभागी भई राष्ट्रपति भण्डारीले विद्यालयका नवनिर्मित भवन उद्घाटन गरिन् । राष्ट्रपति भण्डारीले मंगलबार नै गुरूङ समुदायले ट्होटें पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भइन् ।

Advertisement

दिउँसो तमु धिं नेपालले ट्होटें पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भइन् । सो कार्यक्रम सकिएलगत्तै दिउँसो ४ बजे राष्ट्रपति भण्डारी पोखरा विमानस्थलमार्फत काठमाडौं फर्किइन् ।

Advertisement

तपाईको प्रतिक्रिया