पत्रकार श्यामलाई सामुदायिक सेवा पुरस्कार

समाधान संवाददाता २०७९ भदौ १ गते १३:११

पोखरा ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पृथ्वीचोकले सामुदायिक सेवा वर्ष पुरस्कार २०७९बाट पत्रकार श्याम कुँवरलाई सम्मान गरेको छ । संस्थाको मंगलबार भएको २२ औं वार्षिक साधारण सभामा गण्डकी प्रदेशका कानुन सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले पत्रकार कुँवरलाई नगद ११ हजार १ सय ११ रुपैयाँ, सहित दोशल्ला र सम्मानपत्र प्रदान गरे ।

केन्द्रका अध्यक्ष धर्मदत्त आचार्यले सामाजिक क्षेत्रमा योगदान गरेका व्यक्तिलाई सम्मान गर्न सामुदायिक सेवा वर्ष पुरस्कार स्थापना गरेको जानकारी दिए । उनले संस्थाले पहिलो पल्ट पत्रकारिता विधा रोजेको बताए । उनले सामाजिक, शिक्षा, खेलकुद, पत्रकारिताकाको क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई सम्मान गर्न पुरस्कार स्थापना गरेको जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया