दमौलीमा मेयर कप फुटबल प्रतियोगिता

समाधान संवाददाता २०७९ भदौ ६ गते १३:४७

दमौली ।
दमौलीमा हाल सम्मकै जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । व्यास ४ स्थित सितलचोक युथ क्लबको आयोजनामा भदौ ८ गतेबाट सुरु हुने प्रतियोगिताबारे आइतबार दमौलीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

व्यास ३ स्थित बिपी बनवाटिकामा हुने प्रतियोगितामा विजेता टिमले २ लाख २ हजार २ सय २ नगदसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुने टीमले नगद १ लाख १ हजार १ सय ११ नगदसँगै ट्रफि मेडल प्रदान गरिने कार्यक्रम संयोजकराजेश मल्लले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई जनही नगद ७ हजार ५ सय का साथै ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

खेलको माध्यमबाट आन्तरिक पर्यटनलाई व्यास क्षेत्रमा भित्राउने उद्देश्य समेत राखेर मेयर कप आयोजना गरिएको क्लबका सचिवालय व्यवस्थापन समितिका संयोजक माधव न्यौपानेले जानकारी दिए । विविध कारणले खेल क्षेत्र सुस्ताइ रहेको बेला खेल र खेलाडीलाई प्रोत्साहन गर्न पनि सर्वाधिक पुरस्कार राशीकोप्रतियोगिता आयोजना गरिएको न्यौपानेले बताए ।

Advertisement

प्रतियोगिताका लागि हालसम्म काठमाडौँ, धादिङ, स्याङ्जा, कास्की ,लगायतका ठाउँबाट २९ टिमले दर्ता गराइ सकेको संयोजक मल्लले जानकारी दिए । प्रतियोगितको लागि भदौ ७ गतेसम्म टिम दर्ता खुल्ला रहने बताइएको छ । टिम दर्ताको लागि ७ हजार ५ सयशुल्क तोकिएको आर्थिक उपसमितिका संयोजक दुर्गाराज थापाले जानकारी दिए । प्रतियोगिताका लागि आवश्यक संरचना तयार पार्ने, खेल मैदानको अवस्था सुधार, प्रचारप्रसार, टीम दर्ता लगायतका तयारी कार्य अगाडि बढी सकेको सचिवालय संयोजक न्यौपानेले बताए । २६ वटा उपसमिति र ४ सदस्यीय सल्लाहकार समिगि गठन गरी कार्य विभाजन गरेर प्रतियोगिताको तयारी भइरहेको उनले बताए ।

हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको उक्त मेयर कप सेभेन ए साइड फुटलब प्रतियोगितामा देशभरका खेलप्रमीयुवाहरुको सहभागीता रहने आयोजकले विश्वास लिएको छ । १४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगताको ११ लाख बराबरकोअनुमानित लागत रहेको आयोजक क्लवले जनाएको छ । प्रतियोगिताबाट बचत भएको खण्डमा खेलकुद क्षेत्रको बिकासमा लगानी गर्नेआयोजकले योजना बनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया