‘जनताको साथमा कांग्रेस’का लागि प्रदीप पौडेल पोखरामा
समाधान संवाददाता
२०७९ भदौ ७ गते १९:००

पोखरा ।
नेपाली कांग्रेसले १० गतेदेखि देशव्यापीरूपमा सञ्चालन गर्ने ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि कास्की जिल्लामा नेता प्रदीप पौडेल केन्द्रीय प्रतिनिधि बनेर आएका छन् । कास्की कांग्रेस सचिव भानु ढकालले उक्त अभियानका लागि नेता पौडेल ७ गते मंगलबार नै पोखरा आइसकेको जानकारी दिए ।
‘१० गते कास्की जिल्ला पार्टी कार्यालयमा पौडेलले जिल्लास्तरीय अभियानको उद्घाटन् गर्ने कार्यक्रम छ,’ ढकालले भने । उक्त अभियान अन्तर्गत कांग्रेसका नेता, कार्यकर्ता जनताकहाँ जाने र उनीहरुका समस्या तथ गुनासो सुन्ने कार्यक्रम छ । आउँदो चुनावलाई लक्ष्य गरेर कांग्रेसले यस्तो अभियान थाल्न लागेको हो ।
सम्बन्धित







चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया